विराटनगरको रानीमा दुई समूहबीच झडपबुधबार, वैशाख ५, २०८१

भारतीय लोकसभा चुनावका कारण सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द बुधबार, वैशाख ५, २०८१ भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन्। बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन्।

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु बुधबार, वैशाख ५, २०८१ हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ।

नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले छेडे १५औँ पटक जिब्रो बुधबार, वैशाख ५, २०८१ रामनवमी पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन्। भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५औँ पटक जिब्रो छेडाएका छन्। उनले आफू विगत १५ वर्षदेखि निरन्तर बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने गरेको सुनाए। उनी जस्तै अन्य भक्तजनले पनि आज यहाँ...
-1713341048.jpg)
वैवाहिक बन्धनमा बाँधिइन् गायिका एलिना चौहान बुधबार, वैशाख ५, २०८१ गायिका एलिना चौहान वैवाहिक बन्धनमा बाँधिएकी छिन्। बुधबार प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी हुन्।

रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढ्यो बुधबार, वैशाख ५, २०८१ नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ। रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ।

सल्यान दुर्घटना अपडेटः २२ घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर बुधबार, वैशाख ५, २०८१ सल्यानमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्थामा गम्भीर रहेको छ। बुधबार दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर–२ ठिनबाङमा दुर्घटना भएको हो।

सल्यानमा यात्रुबस दुर्घटना, थप विवरण आउन बाँकी बुधबार, वैशाख ५, २०८१ दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबस सल्यानको बागचौरमा दुर्घटना भएको छ। रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ।
म्याग्दीको उपल्लो दुखुमा पोल गाडेको चार वर्षपछि बिजुली बल्यो बुधबार, वैशाख ५, २०८१ म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको छ। नेपाल विद्युत प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने प्रशारण लाइन, ३३/११ केभी क्षमताको रातोढुंगा सबस्टेशन र दुखुलगायत आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न २०७४ सालमा काम सुरु गरेको थियो। विस २०७६ मा पोल...

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ बुधबार, वैशाख ५, २०८१ लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

वीरगञ्जमा शोभायात्रासहित रामनवमी मनाइँदै बुधबार, वैशाख ५, २०८१ रामजानकी मन्दिर तदर्थ समितिको आयोजनामा मुलुकका अन्य ठाउँमा जस्तै वीरगञ्जको घडीअर्वा पोखरीमा रहेको रामजानकी मन्दिरमा पनि आज बिहान धार्मिक कार्यक्रमसहित रामनवमी एवं शोभायात्रा महोत्सव आयोजना गरिएको हो।

विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक छः ज्वाला बुधबार, वैशाख ५, २०८१ पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताएका छन्।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव ज्वालाले विगतमा सूचना प्रविधिको उच्चतम प्रयोग नभएको अवस्थालाई ख्याल गरेर बनाइएका सार्वजनिक खरिद ऐनजस्ता कानुन अहिलेका सन्दर्भमा पुरानो भइसकेकाले त्यस्ता कानुनका आधारमा सहज रूपमा काम गर्न नकिने अनुभव...

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ बुधबार, वैशाख ५, २०८१ घुस लिएको आरोपमा पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिव बराल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले इन्जिनियर बराललाई मंगलबार पक्राउ गरेको हो।यसअघि चैत २८ गते महानगरबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले...