News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं— अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको  हो।

दावा लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा अभियुक्त हुन्।  लामालाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। 

Prabhu Bank

लागूऔषध खैरो हिरोइनको कारोबार मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको थियो। जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गएका लामाको निवेदनमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० मा लागूऔषधको कारोबार गरेको ठहर गर्दै पाँच वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो।

फैसला कार्यान्वयनलाई लामालाई पक्राउ गरिएको हो। दावा लामा फरार अपराधी रहेको समाचार प्रकाशनपछि काठमाडौं जिल्ला अदालतले उनीबारे जानकारी लिएको थियो।

एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले एन्फा भित्र्याएका लामा वर्तमान अध्यक्ष पंकज विक्रम नेम्वाङको कार्यवाहक अध्यक्ष भएरसमेत काम गरेका छन्। 


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:३८
Weather Update