News Griha :: न्यूजगृह
घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ

पोखरा— घुस लिएको आरोपमा पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिव बराल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले इन्जिनियर बराललाई मंगलबार पक्राउ गरेको हो।

यसअघि चैत २८ गते महानगरबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

सोही विषयमा अनुसन्धानका क्रममा इन्जिनियर बरालको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए। बराललाई पक्राउ गरी केन्द्रीय कार्यालय टङ्गाल पठाइएको शिवाकोटीले बताए। 

उनीहरूले यही एउटै काममा पनि पटकपटक घुस लिएको खुलेको सूचना अधिकारी शिवाकोटीले बताए। ‘पटक पटक घुस लिएको र यो प्रकरणमा बरालको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको हो,’ उनले भने। 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०९:२९
Weather Update