News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सल्यान दुर्घटना अपडेटः २२ घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर 

काठमाडौं— सल्यानमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्थामा गम्भीर रहेको छ। 

बुधबार दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर–२ ठिनबाङमा दुर्घटना भएको हो। 

Prabhu Bank

दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको र अन्यको त्यहीँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नविन कार्की न्यूजगृहलाई जानकारी दिए।

‘बसमा सवार २२ जना सबै घाइते हुनुभएको छ। जसमध्ये ४ जना गम्भीर रहेको र उहाँहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।’ उनले भने। 

बसमा आएको प्राविधिक समस्याका कारणले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए। अहिले प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुको उद्दार भइरहेको उनले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:३६
Weather Update