News Griha :: न्यूजगृह
निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान 

काठमाडौं— वैवाहिक बलात्कारको मुद्दाका आरोपित पूर्व न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन्। 

वैवाहिक बलात्कारका आरोपित निलम्बित न्यायाधीश गिरी काठमाडौं जिल्ला अदालतमा आत्मसमर्पण गरेपछि सोमबार कारागार चलान गरिएको हो। 

गत चैत २१ गते सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तीलप्रसाद श्रेष्ठको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको थियो। 

गिरीलाई उनकी पत्नी आरतीले वैवाहिक बलात्कार भएको भन्दै मुद्दा दायर गरेकी थिइन्। त्यसअघि नै जिल्ला अदालत र उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएकोमा उक्त फैसलालाई बदर गर्दै सर्वोच्चले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:३८
Weather Update