काठमाडौंको टोखा नगरपालिकामा आज सार्वजनिक बिदा

काठमाडौं— काठमाडौंको टोखा नगरपालिकाले आज नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ।
बिस्का: जात्राको अवसरमा आज एक दिन नगरपालिकाभर सार्वजनिक बिदा दिइएको हो।
गत चैत २९ गते बसेको नगर कार्यपालिकाको बैठकले वैशाख १ देखि ५ गतेसम्म मनाइने बिस्का: जात्राका अवसरमा वैशाख ३ गते टोखा नगरपालिकाको वडा नं २ र ३ मा तथा वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले आज टोखा नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था बन्द हुने जानकारी दिए।
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१ ०६:२७