News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
दिपेश पुनमाथि सुन प्रकरणमा पनि अनुसन्धान हुने

काठमाडौं—  पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनमाथि सुन तस्करी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ। सहकारी ठगी आरोपमा पक्राउ परेर इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका पुनमाथि अनुसन्धान गर्नु भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पत्राचार गरेको छ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका पुन छुटेमा वा पुर्पक्षका लागि कारागार चलान हुने आदेश भएमा पनि सीआईबी पठाइदिन भन्दै पत्राचार भएको खुलेको हो।

Prabhu Bank

सीआईबीले २४ चैतमा रूपन्देही प्रहरीलाई पत्राचार गर्दै सहकारी ठगी प्रकरणको अनुसन्धान सकिएपछि पुनलाई काठमाडौं पठाउन भनेको छ। यसअघि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले समेत पुनमाथि पूर्ण छानबिन भएको नदेखिएको भन्दै उनीमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको थियो।

आयोगले पुनमाथि बयान लिएको थियो। आयोग भन्दा पहिला पनि सुन तस्करीमा पक्राउ परेका चिनियाँहरूसँग सम्बन्ध देखिएपछि सीआईबीले पुनलाई बयानमा बोलाएको थियो।

तर सीआईबीले कागज गराएर उनलाई छाडेको थियो।  सहकारी ठगी प्रकरणमा पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदै सोमबार जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर भएको छ। उनीहरूविरुद्ध ६ करोड १ लाख २३ हजार ७५४ रुपैयाँ बिगो मागदाबी गरिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  २०:१३
Weather Update