News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
जनकपुरमा जलेको अवस्थामा युवतीको शव फेला, अर्धचेत अवस्थामा भेटिएकी बालिकाको पनि मृत्यु 

काठमाडौं— धनुषाको जनकपुरमा जलेको अवस्थामा एक युवतीको शव फेला परेको छ। 

बुधबार राति ८ बजेको समयमा जनकपुर उपमहानगरपालिका—१७ पुल्चोकस्थित एक पोखरीको डिलमा ती युवतीको शव जलेको अवस्थामा फेला परेको हो। 

Prabhu Bank

स्थानीयहरुले खबर गरेपछि शव बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार मृत अवस्थामा भेटिएकी ती युवती महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नं २ की प्रियंका महतो हुन्। अहिले आफन्तहरुलाई खबर गरी घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। 

‘बुधबार राति ८ बजेको समयमा जलेको अवस्थामा ती युवतीको शव फेला परेको हो। हामीले आफन्तहरुलाई खबर गरेका छौँ’, डीएसपी अवाले न्यूजगृहसँग भने, ‘हामीले आवश्यक अनुसन्धान गरिरहेका छौँ।’

त्यस्तै सोही ठाउँमा अर्की एक ८/९ वर्षीया बालिका समेत अर्धचेत अवस्थामा फेला परेकी थिइन्। प्रहरी पुग्दा उनको श्वास चलिरहेको र प्रादेशिक अस्पतालमा उपचारको क्रममा ती बालिकाको मृत्यु भएको उनले बताए। 

‘मृत युवतीको नजिकै अर्की ८/९ वर्षीया बालिका समेत अर्धचेत अवस्थामा फेला परेकी थिइन्। प्रहरी टोली पुग्दा उनको श्वास चलिरहेको पाइएपछि उपचारको लागि अस्पताल पठाइएकोमा उनको पनि निधन भएको छ,’ उनले भने। 

दुवैको हत्या भएको हुनेसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:४४
Weather Update