News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
जहाजभित्रै भेटियो बेवारिसे अवस्थामा एक किलो सुन

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाजको सिट पछाडिको पकेट भित्र १ किलो सुन फेला परेको छ।

भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको इन्डिगो एअरको सिट पकेटमा बेवारिसे अवस्थामा उक्त सुन फेला परेको हो। 

Prabhu Bank

बुधबार बिहान जहाज अवतरणपछि पार्किङ भएको जहाजमा १ किलो ७० ग्राम सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए।

उनका अनुसार सुन ल्याउने व्यक्तिको पहिचान भएको छैन।

जहाजको सिट नम्बर २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पकेटको तल पट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन फेला परेको शर्माले बताए। 

प्रहरीका अनुसार सिक्री ३ थान, सुनको बिस्कुट ६ थान, त्रिभुज आकारका सुनका टुक्राहरू २ थान र सिक्री जोड्ने ससाना रिङ २ थान फेला परेको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २०:३४
Weather Update