News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

काठमाडौं— यूएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो।

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ। पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ।

Prabhu Bank

यूएईमा दुई दिनदेखि भएको भीषण वर्षाका कारण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीका कारण यूएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ।

यूएईमा अहिले भइरहेको वर्षा ७५ वर्ष यताकै ठुलो भएको बताइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १९:५४
Weather Update