News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
पश्चिम नवलपरासीमा आगलागी हुँदा १० घर जलेर नष्ट
प्रतीकात्मक तस्बिर।

परासी— पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-६ पडरी गाउँमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट भएको छ।

आगलागीमा ८ वटा बाख्राको जलेर मरेको र १० वटा कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए। एक्कासि सल्किएको आगोले स्थानीय चन्द्रिका धोबी, राजेश धोबी, बुलाकी धोबी, भिकारी धोबी, चन्ना धोबी, केश मोहमद अन्सारी, मुरिदिन अन्सारी, ईझार अन्सारी, नुरहोद पठान र इदरिस पठानको घर जलेको हो।

Prabhu Bank

आगलागीको कारण लत्ताकपडा र अन्न पनि नष्ट भएको छ। आगलागीको कारण यकिन हुन नसकेको प्रहरीले जनाएको छ। आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

केहीदिन अगाडि प्रतापपुरमा आगलागी हुँदा ६ वटा घर जलेको थियो। ७ वटा स्थानीय तहमध्ये २ वटामा मात्र दमकल भएकाले आगलागी नियन्त्रणमा समस्या हुँदै आएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २१:३९
Weather Update