News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

काठमाडौं— सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन जेल चलान भएका छन्। शुक्रबार रूपन्देही जिल्ला अदालतले पुनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

तर पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिएका छन्। धरौटी जम्मा गरेपछि उनी रिहा हुने छन्।

Prabhu Bank

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएका थिए।

त्यसैगरी दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, नवीन अछामीसँग १० लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २/२ लाख धरौटी माग गरिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २०:०४
Weather Update