News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
लापसे चेकिङमा पाँच चालक पक्राउ

काठमाडौं— काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ५ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। 

कर्णाली प्रदेश ०२-००१ ख ०४ ४४ नम्बरका बस चालक सुर्खेतको भेरीगङ्गा नगरपालिका-९ का ३० वर्षीय अविरल प्रेम बिक, बागमती प्रदेश ०१-००६ ख ६३ ४९ नम्बरका माइक्रो चालक तनहुँको आँबुखैरेनी नगरपालिका-६ का २२ वर्षीय इन्द्रबहादुर गुरुङ, बा ३ ख ८१ ६३ नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका-८ का ३३ वर्षीय धुर्व बस्याल पक्राउ परेका छन्। त्यस्तै, बा २ ख ३९१ नम्बरका माइक्रो चालक धादिङको गङ्गा जमुना गाउँपालिका-६ का २४ वर्षीय रमेश बिक र बागमती प्रदेश ०१-०२९ च २८ १३ नम्बरका माइक्रो चालक तनहुँको म्याग्दे गाउँपालिका-१ का २२ वर्षीय सलन सुनारलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

Prabhu Bank

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ। 

यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने  भएकाले आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गरिदिन अनुरोध गरिएको छ। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २१:१६
Weather Update