गोरखा भूकम्प स्मृति दिवस मनाइँदैमंगलबार, वैशाख १२, २०८०

मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते मंगलबार, वैशाख १२, २०८० मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मंगलबारबाट मौसममा सुधार आउने मंगलबार, वैशाख १२, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज मंगलबारबाट मौसममा सुधार आउने बताएको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा गराएको महाशाखाको भनाइ छ ।

भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउनुपर्नेमा कार्यवाहक राष्ट्रपतिको जोड मंगलबार, वैशाख १२, २०८० कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आमजनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबारदेखि मौसममा क्रमिक सुधार आउने सोमबार, वैशाख ११, २०८० पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ एक सातापछि हुने सोमबार, वैशाख ११, २०८० सोमबार न्यायाधीश दीपक ढकालको इजलासमा पीडितका कानुन व्यवसायीहरूले बहस गरेका थिए। तर दुवै पक्षको बहस नसकिएपछि मुद्दा अर्को साताका लागि सरेको हो ।

गाउँपालिका अध्यक्षले दिए करार अगावै स्वकीय सचिवलाई सुटुक्क डबल तलब, घटना बाहिरिए पछि अवकाश सोमबार, वैशाख ११, २०८० गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवर र उपाध्यक्ष मञ्जु महरा बोहराले आफ्नो निजी सचिवालय सदस्यलाई मनोमानी तलब भुक्तानी गरेको पाइएको हो ।

पृथकतावादी आन्दोलन र अमृतपाल सिंह सोमबार, वैशाख ११, २०८० खालिस्तान १८०० को उत्तरार्ध र १९०० को सुरुवातको ब्रिटिश सामराज्यको नीतिहरूमा निहित छ, जसले सिख र हिन्दूहरूलाई विभाजित गर्न खोजेको थियो । ब्रिटिशराजको विरुद्धमा विद्रोह गर्ने हिन्दू शासकहरूविरुद्ध प्रयोग गर्न सिखहरूलाई ठूलो संख्यामा ब्रिटिश सेनामा भर्ती गरियो । पछि, १९४७ मा भारत स्वतन्त्रतापछि, पञ्जाब राज्य र केन्द्रीय भारतीय सरकारबीच तनाव...

बारा– २ मा मतगणना सुरु, रास्वपाले लिन्छ अग्रता? सोमबार, वैशाख ११, २०८० करैयामाई गाउँपालिका– १ र सुवर्णपुर गाउँपालिका–१ नम्बर वडाबाट सुरु मतगणना सुरु गरिएको छ । बारा २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा तथा रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित सोमबार, वैशाख ११, २०८० उक्त मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एक जना अधिकारी छन् । उनीहरू हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
![सदर चिडियाखानामा राखियो नरभक्षी बाघ, महाराजासँग जोडी बाँधिदिने [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/Bagh in Zoo Jaulakhel1682315093.png)
सदर चिडियाखानामा राखियो नरभक्षी बाघ, महाराजासँग जोडी बाँधिदिने [भिडिओ] सोमबार, वैशाख ११, २०८० गत ८ वैशाखमा कञ्चनपुर, बेलौरी नगरपालिका–८ पँचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीय गंगादेवी चन्दलाई आक्रमण गरेको थियो । आक्रमणपछि उनको मृत्यु भएको थियो ।

सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा सोमबार, वैशाख ११, २०८० काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ हुने भएको छ। पेसी चौथौ नम्बरमा छ।

शिक्षा मन्त्रालयको चेपुवामा शैक्षिक परामर्शदाता कम्पनी : पाउँदैनन् शैक्षिक मेला र प्रचारप्रसार गर्न सोमबार, वैशाख ११, २०८० वैदेशिक अध्ययनका लागि जाने अधिकांश विद्यार्थी को रोजाइमा अष्ट्रेलिया, जापान, अमेरिका, क्यानडा लगायतका देश पर्छन् । अध्ययनका लागि नेपालबाट बर्सेनि ५० अर्बभन्दा माथि बाहिरिरहेको परिप्रेक्ष्यमा त्यो भन्दा पाँच गुणा बढी रेमिटेन्स ती विद्यार्थीहरूमार्फत नेपाल आउने गरेको व्यवसायीहरूको दाबी छ ।








