News Griha :: न्यूजगृह
सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित

काठमाडौं— आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरू सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । 

उक्त मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एक जना अधिकारी छन् । उनीहरू हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

ती अधिकारीमध्ये सुरक्षित गन्तव्यका लागि दुई जना सुडानको छिमेकी देश चाड, एक जना पोर्ट सुडान र एक जना साउथ सुडानतर्फ सडक मार्ग हुँदै पुगेको उनले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ११:३६
Weather Update