सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा

काठमाडौं— नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ हुँदैछ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ हुने भएको छ। पेसी चौथौ नम्बरमा छ।
यसअघि २६ चैतमा शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १०:४०













