अपडेट : मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्कामंगलबार, असार २६, २०८०

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन मंगलबार, असार २६, २०८० मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । हेलिकप्टरको खोजी कार्य जारी रहेको मनाङ एअरले जनाएको छ।

विविध कार्यक्रम गरेर विश्व जनसंख्या दिवस मनाइँदै मंगलबार, असार २६, २०८० संयुक्त राष्ट्रसंघको आह्वानमा आज जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रुपमा विशवभरी मनाइएको छ ।

बैतडीमा लम्पी स्किनबाट ६४ हजार पशु सङ्क्रमित, ९ हजार मरे मंगलबार, असार २६, २०८० यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए ।

अव्यवस्थित बसाइँसराइलाई व्यवस्थित गर्न आवश्यक : मन्त्री बस्नेत मंगलबार, असार २६, २०८० आज नेपालसहित विश्वभर नै ‘लैङ्गिक समानतालाई बनाऔँ, अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौँ महिलाको आवाज’ भन्ने नाराका साथ जनसङ्ख्या दिवस मनाइँदै छ ।

पल शाहको आक्रोश : निधारमा म बलात्कारी हुँ लेख्नु पर्ने हो ? मंगलबार, असार २६, २०८० टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ मा भएको कुराकानी विवादित भएपछि शाहले सामाजिक सञ्जालमा आफूविरुद्ध आक्रमण जारी रहेको जनाउँदै शाहले लेखेका छन्, ‘म बलात्कारी हुँ लेखेर हिँड्नु पर्ने हो ?’

यी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असार २६, २०८० देशका विभिन्न स्थानमा मंगलबार वर्षाको सम्भावना रहेको छ । सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार तपाईंको राशिफल मंगलबार, असार २६, २०८०

भारतको शिमला पहिरोमा परी तीन नेपालीको मृत्यु सोमबार, असार २५, २०८० भारतको हिमाचल राज्यस्थित शिमलामा पहिरोमा परी एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।

‘जतिबेला पनि डेंगी संक्रमणको महामारी फैलन सक्छ’ सोमबार, असार २५, २०८० पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेंगीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिएका छन् ।

गृह मन्त्रीले तोडाए वीरेन्द्र जैसीको अनशन सोमबार, असार २५, २०८० अनशन तोडाउँदै उपप्रधानमन्त्री श्रेष्ठले उनको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिएका छन् ।

शिक्षा ऐनबारे ईसीडी शिक्षकका भनाइ के हो ? सोमबार, असार २५, २०८० नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले प्रतिनिधि सभामा दर्ता गरिएको संघीय शिक्षा ऐनमा बालविकास शिक्षक (ईसीडी शिक्षक) का विभिन्न माग नसमेटिए परिस्थितिको विश्लेषण गरी कडा आन्दोलन गर्ने जानकारी गराएको छ ।

आज भएन कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ सोमबार, असार २५, २०८० कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले दिएको रिट सोमबार पनि सुनुवाइ भएन ।









