अपडेट :
अपडेट : मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का

काठमाडौं— सोलुखुम्बुको सुर्केबाट काठमाडौं आउँदै गरेको मनाङ एअरको हेलिकप्टर सोलुदूधकुण्ड नगरपालिका– २ स्थित लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का गरिएको छ ।
लामाजुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताए ।
उनका अनुसार सदरमुकामबाट लामाजुरा डाँडामा पुग्न करिब ४ घण्टा लाग्छ । त्यस्तै नजिकको प्रहरीको चौकीबाट हेलिकप्टर दुर्घटना भएको आशङ्का गरिएको ठाउँ साढे २ घण्टाको दुरीमा पर्छ। ९–एन–एमभी कलसाइनको हेलिकप्टर १० बजेर २५ मिनेटमा सुर्केबाट उडेको थियो ।
उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् । यात्रु सबै विदेशी नागरिक हुन् ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० ११:५०