News Griha :: न्यूजगृह
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन
फाइल तस्बिर ।

काठमाडौं— मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टर  १० बजेर २५ मिनेटपछि सम्पर्कविहीन भएको हो । 

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । यात्रु सबै विदेशी नागरिक हुन् । हेलिकप्टरको खोजी कार्य जारी रहेको मनाङ एअरले जनाएको छ।  

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:१३
Weather Update