पल शाहको आक्रोश : निधारमा म बलात्कारी हुँ लेख्नु पर्ने हो ?

काठमाडौं— नायक पल शाहले अदालतबाट सफाइ पाएपनि आफूमाथि बलात्कारीको ट्याग कायमै रहेको भन्दै दुख व्यक्त गरेका छन् ।
टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ मा भएको कुराकानी विवादित भएपछि शाहले सामाजिक सञ्जालमा आफूविरुद्ध आक्रमण जारी रहेको जनाउँदै लेखेका छन्, ‘म बलात्कारी हुँ लेखेर हिँड्नु पर्ने हो ?’
कानूनी रुपमा आफूले सफाइ पाए पनि समाजिक रुपमा जीवन जिउन निकै कठिन भइरहेको पनि नायक शाहले का छन् ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० ०८:५८