गृह मन्त्रीले तोडाए वीरेन्द्र जैसीको अनशन

काठमाडौं— तीन हप्तादेखि अनशनरत वीरेन्द्र जैसीले अनशन तोडेका छन् ।उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अस्पतालमा उपचार गराइरहेका जैसीलाई अस्पतालमै पुगेर अनशन तोडाएका हुन् ।
वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो ।
यो पनि पढ्नुहोस
२०७३ साल फागुन १ गते कोखमा प्रहरीको गोली लागि घाइते भएका र उपचारमा कुनै सहयोग नगरेको भन्दै उनी तीन हप्तादेखि अनशनमा थिए ।
अनशन तोडाउँदै उपप्रधानमन्त्री श्रेष्ठले उनको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिएका छन् ।
माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई अस्पताल भर्ना गरेका थिए ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० १९:५३