विद्यालय कर्मचारी र सरकारबीच यसरी भयो सहमति [तस्बिरहरू]मंगलबार, असार २६, २०८०

विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति, ३९ दिनदेखिको आन्दोलन स्थगित मंगलबार, असार २६, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका संगठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई संघीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । तेस्रोपटकको ‘वृहत् आन्दोलन’ पछि भएको सहमति कार्यान्वयन नभए फेरि कडा आन्दोलन गर्ने परिषद्ले चेतावनी दिएको छ ।

आफूलगायत पूर्वप्रधानमन्त्रीको नाम जोडिएको ललिता निवास प्रकरणको सत्यतथ्य छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल मंगलबार, असार २६, २०८० पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट पारे । ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताउँदै उनले आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्यतथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने बताए ।

दुर्घटनाग्रस्त हेलिकोप्टरको अध्ययनका लागि छानबिन समिति बनाइने मंगलबार, असार २६, २०८० मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले भने, ‘अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ । भोलिसम्ममा गठन हुन्छ ।’

आइतबार मात्र नेपाल आएका थिए हेलिकप्टर दुर्घटनामा परेका ५ मेक्सिकन नागरिक मंगलबार, असार २६, २०८० उनीहरू आइतबार मात्रै भिजिट भिसामा काठमाडौं आएका हुन् । हेलिकप्टर खोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका वडा नम्बर ५ को सीमा लाम्जुरा क्षेत्रमा दुर्घटनामा परेको हो ।

मणिपुर हिंसा : दुई महिनामा १४२ जनाको मृत्यु मंगलबार, असार २६, २०८० भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ ।

मनाङ एअर हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु मंगलबार, असार २६, २०८० मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका—५ को सीमा लाम्जुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर (सीबी) गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

मौसममा सुधार हुन अझै केही दिन लाग्ने मंगलबार, असार २६, २०८० मौसमविद् मानन्धरका अनुसार पश्चिमी वायुको प्रभाव कायमै रहेको र न्यून चापीय रेखा नेपाल नजिक भएकाले अबका केही दिन वर्षाको सम्भावना छ । प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको आन्तरिक उडानमा समेत सामान्य प्रभाव परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड मंगलबार, असार २६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु मंगलबार, असार २६, २०८० उक्त हेलिकप्टर लिखुपिकेको लाम्जुरा पासमा दुर्घटनामा परेको थियो । दुर्घटना स्थलमा ५ जनाको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।

मनाङ एअरको हेलिकोप्टर लिखुपिकेको लाम्जुरामा दुर्घटना मंगलबार, असार २६, २०८० लिखुपिके गाउँपालिका ५ स्थित लाम्जुरामा हेलिकोप्टर दुर्घटना भएको लिखुपिके गाउँपालिकाका प्रवक्ता मणी राज बस्नेतले बताए ।

मनाङ एअरको हेलिकोप्टर खोज्न अल्टिट्युड एअरको हेलिकोप्टर परिचालन मंगलबार, असार २६, २०८० सोलुखुम्बुबाट काठमाडौंका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एअरको हेलिकप्टर खोज्न अल्टिट्युड एअरको हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ ।

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ मंगलबार, असार २६, २०८० मंगलबार बिहान उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ। पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्।


![विद्यालय कर्मचारी र सरकारबीच यसरी भयो सहमति [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/600X450/karmachari21689080979.jpg)






