मनाङ एअरको हेलिकोप्टर खोज्न अल्टिट्युड एअरको हेलिकोप्टर परिचालन

काठमाडौं— सोलुखुम्बुबाट काठमाडौंका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एअरको हेलिकप्टर खोज्न अल्टिट्युड एअरको हेलिकोप्टर परिचालन गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ ।
सोलुखुम्बुको सुर्केबाट बिहान ९ः५२ बजे काठमाडौंका लागि उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।
मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्कविहीन हेलिकप्टरमा पाइटलसहित ६ जना सवार थिए । उनका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् । प्रतिकूल मौसमका कारण खोज्न गएको हेलिकोप्टर गन्तव्यमा पुग्न नसकेको जनाइएको छ । रासस
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १२:४४