News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

काठमाडौं— ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।

मंगलबार बिहान उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ। पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्।

प्रहरीले ललिता निवास प्रकरणमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:००
Weather Update