News Griha :: न्यूजगृह
मनाङ एअरको हेलिकोप्टर लिखुपिकेको लाम्जुरामा दुर्घटना 
फाइल तस्बिर ।

काठमाडौं— लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरामा दुर्घटना भएको छ ।

लिखुपिके गाउँपालिका ५ स्थित लाम्जुरामा हेलिकोप्टर दुर्घटना भएको लिखुपिके गाउँपालिकाका प्रवक्ता मणी राज बस्नेतले बताए । 

उनले भने, ‘लिखुपिके ५ स्थित लाम्जुरा भन्ने स्थानका हेलिकोप्टर दुर्घटना भएको छ । घटनास्थलमा आगो बलिरहेको छ, सुरक्षा निकाय उद्धारका लागि पुग्ने क्रममा छन् ।’

दुर्घटनाबारे थप जानकारी लिने प्रयास गरिरहेको बताएका उनले घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जानकारी दिए । 

हेलिकोप्टरमा क्याप्टेन सहित अन्य पाँच जना विदेशी नागरिक सवार थिए । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:१४
Weather Update