News Griha :: न्यूजगृह
आज भएन कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ

काठमाडौं— कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले दिएको रिट सोमबार पनि सुनुवाइ भएन ।

तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि गत शुक्रबार एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

तर उक्त रिटमाथि आइतबार र सोमबार दुबै दिन सुनुवाइ हुन सकेन ।

आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा ‘हेर्न नभ्याइने’ मा परेको सो रिट सोमबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो ।

तर सोमबार पनि उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मै परेर सुनुवाइ नभएको हो ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १८:४६
Weather Update