News Griha :: न्यूजगृह
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं— देशका विभिन्न स्थानमा मंगलबार वर्षाको सम्भावना रहेको छ । सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही प्रदेशमा भने भारी वर्षाको सम्भावना रहेको छ । विभागले जनाएअनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०६:१७
Weather Update