News Griha :: न्यूजगृह
भारतको शिमला पहिरोमा परी तीन नेपालीको मृत्यु

काठमाडौं— भारतको हिमाचल राज्यस्थित शिमलामा पहिरोमा परी एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।

शिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार पहिरोमा परी रुकुम पश्चिमका तीन जनाको मृत्यु भएको हो ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका—९ खहरे, टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा वली र छोरा मोहन वलीको पहिरोमा परी मृत्यु भएको वडा अध्यक्ष हरिबहादुर खड्काले जानकारी दिए ।

केही दिनयता हिमाचललगायत उत्तर भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

बाढीपहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २२:३०
Weather Update