एलओडी क्लबका दुई कर्मचारी पक्राउसोमबार, साउन १, २०८०

प्रधानमन्त्री प्रचण्डको फोटो राखेर भारतीय आधार कार्ड बनाउने 'टाइगर' पक्राउ सोमबार, साउन १, २०८० प्रधानमन्त्री पत्नी सीताको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्बिरसहित असंवेदनशील कुरा लेखेको आरोपमा रूपन्देही प्रहरीको सहयोगमा साइबर ब्युरोले देवदह नगरपालिका— ८ का टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई बुटवलबाट आइतबार पक्राउ गरेको हो ।

रास्वपा उपसभापतिलाई धम्की दिने युवक पक्राउ सोमबार, साउन १, २०८० पूर्वमन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट ३० वर्षीय विजय कालिकोटेलाई पक्राउ गरेको हो ।

नेपाल एअरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउण्डेड सोमबार, साउन १, २०८० नेपाल एअरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउण्डेड भएका छन् । यसमध्ये ९ एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
![घट्यो सार्वजनिक सवारीको भाडा, कहाँ पुग्न कति? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/public-buss1681359289.jpg)
घट्यो सार्वजनिक सवारीको भाडा, कहाँ पुग्न कति? [सूचीसहित] सोमबार, साउन १, २०८० सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ ।

हवाई भाडा बढ्ने सोमबार, साउन १, २०८० नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव राउतसहित ४ प्रतिवादीको मुद्दामा सुनुवाइ हुँदै सोमबार, साउन १, २०८० ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतसहित चार जनाले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाका लागि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

विपद्को पूर्वतयारीमा जुट्न मधेस सरकारको निर्देशन सोमबार, साउन १, २०८० मधेस प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमार्फत विपद्का घटनाबाट हुनसक्ने धनजनको क्षतिलाई न्यूनीकरण गरी राहत, उद्धार कार्यको पूर्वतयारीमा जुट्न सबै सरकारी एवं गैरसरकारी निकायलाई निर्देशन दिएको हो ।

मिटरब्याजबाट २४ हजार प्रभावित सोमबार, साउन १, २०८० गौरीबहादुर कार्की नेतृत्वको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले आइतबार प्रतिवेदन सार्वजनिक गर्दै पश्चिम नवलपरासीसहित मधेशका आठ जिल्लामा उक्त समस्या विकराल रहेको औँल्याएको हो ।

तीर्थस्थल देवघाटधाममा स्नान गर्नेको भीड सोमबार, साउन १, २०८० पवित्र धार्मिक एवम् तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

ककनी र धुनीबेँसीवासीले लगाए काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा रोक सोमबार, साउन १, २०८० नुवाकोटको ककनी गाउँपालिका र धादिङकाे धुनीबेँसी—१ वासीले काठमाडौं उपत्यकाको फाेहोर विसर्जनमा रोक लगाएका छन् । उनीहरूले सोमबार बिहानैदेखि ककनी गाउँपालिका र धुनीबेँसीको सीमानामा अवरोध गरेका हुन् ।

प्रधानाध्यापककाे भत्ता दुई हजारसम्म पुर्याउने तयारी सोमबार, साउन १, २०८०
सोमबार विहानैदेखि पशुपतिमा भक्तजनको भीड सोमबार, साउन १, २०८०









