News Griha :: न्यूजगृह
सोमबार विहानैदेखि पशुपतिमा भक्तजनको भीड

काठमाडौं— हिन्दु धर्मशास्त्र अनुसार साउनको पहिलो सोमबार भगवान् शिवको विशेष दिन हो । यस दिन देवको पनि देव महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । सोमबारको उपवासले मानिसको इच्छाआकांक्षा पूरा गर्ने विश्वास छ ।

अविवाहित नारीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन छ । साउनको पहिलो सोमबार भएका कारण आज पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ ।

चान्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।

pashupatinathmandirtemple-5-1688971081.JPG

साउनमा अधिकमास परे पनि नित्य रूपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

चान्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेष गरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

pashupatinathmandirtemple-7-1688971026.JPG

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०६:०३
Weather Update