News Griha :: न्यूजगृह
ककनी र धुनीबेँसीवासीले लगाए काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा रोक

काठमाडौं— नुवाकोटको ककनी गाउँपालिका र धादिङकाे धुनीबेँसी—१ वासीले काठमाडौं उपत्यकाको फाेहोर विसर्जनमा रोक लगाएका छन् । उनीहरूले सोमबार बिहानैदेखि ककनी गाउँपालिका र धुनीबेँसीको सीमानामा अवरोध गरेका हुन् ।

स्थानीयको अवरोधका कारण काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनर बाटामै रोकिएका छन् । ककनी–३, ५ र धुनीबेँसी–१ का स्थानीय विरोध प्रदर्शनमा उत्रिएपछि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

मानव बस्तीसँगै  फोहोर नराख्न पटक-पटक अनुरोध गर्दा पनि सरकाले अटेरी गरेपछि अवरोध गर्न बाध्य भएको स्थानीयको भनाइ छ ।

ककनी—५ का दलबहादुर सुनारले कहिलेसम्म महामारीसँग जुधिरहनुपर्ने ? भन्दै प्रश्न गरे । उनले मानव जीवनभन्दा ठूलो केही हुन नसक्ने बताए ।

ककनी गाउँपालिकाले फोहोरका कन्टेनरको प्रवेश शुल्क उठाउने तयारी गरेको थियो । आज साउन १ गतेदेखि ठूला प्रतिगाडीलाई एक हजार पाँच सय र सानालाई एक हजार रुपैयाँ लिने तयारी गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०७:५९
Weather Update