प्रधानाध्यापककाे भत्ता दुई हजारसम्म पुर्याउने तयारी

मकवानपुर— मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले प्रधानाध्यापकलाई सकेसम्म धेरै सेवासुविधान दिने तयारीमा आफूहरु रहेको बताएका छन् ।
पालिका शिक्षा क्षेत्र सुधारका लागि शिक्षक तथा प्रधानाध्यापक प्रोत्साह अभियानमा लागेको बताए ।
शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार पुर्याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिए ।
‘शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ । हामी सुधारको अभियानमा छौं । शिक्षक तथा प्रधानाध्यापक प्रोत्साहन अभियानको तयारीमा छौं । सकेसम्म आपसी समझदारीमै शिक्षक सरुवा हुन समय दिनेछौँ । तर कसैले मान्दिनँ भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौँ,’ अध्यक्ष कालाखेतीले भने ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: सोमबार, साउन १, २०८० ०७:३७