माइतीघरमण्डलामा निषेधाज्ञा लगाएकोमा सर्वोच्चको कारण देखाऊ आदेश शुक्रबार, मंसिर ८, २०८०

श्रीमान जीवित हुँदै एकल महिलाको भत्ता लिने/दिनेविरुद्ध भ्रष्टाचार मुद्दा शुक्रबार, मंसिर ८, २०८० श्रीमान जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगे दुर्गा प्रसाईँ, निवेदनमाथि आइतबार सुनुवाइ हुने शुक्रबार, मंसिर ८, २०८० वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईँको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ । बिहीबार काठमाडौंको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईँले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।

जनताका लागि आवाज उठाउँदा घरमा नजरबन्द हुनुपर्यो : दुर्गा प्रसाईँ शुक्रबार, मंसिर ८, २०८० विभिन्न माग राखेर बिहीबारबाट काठमाडौं केन्द्रित प्रदर्शनको अगुवाइ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जनताका लागि आवाज उठाउँदा आफ्नै घरमा नजरबन्द हुनुपरेको बताएका छन् । शुक्रबार भक्तपुरको ठिमीस्थित आफ्नो घरमा पत्रकार सम्मेलन गर्दै उनले आफू गणतन्त्र विरोधी नभएर व्यवस्था र गलत आचरणको विरोधी रहेको भन्दै जनताको लागि आवाज उठाउँदा आफ्नै घरमा...

दुर्गा प्रसाईंको समर्थनमा निस्किएका २६ जना तीनकुनेबाट पक्राउ शुक्रबार, मंसिर ८, २०८० दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकालाई प्रहरीले धमाधम पक्राउ गरेको छ । प्रसाईँले प्रदर्शन स्थल घोषणा गरेको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर स्रोतले जानकारी दिएको छ ।

यी हुन पक्राउ परेका दुर्गा प्रसाईँका समर्थक शुक्रबार, मंसिर ८, २०८० दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पाँच जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । त्यस्तै, प्रहरीले दुर्गा प्रसाईँलाई घरमै नजरबन्दमा राखेको छ ।

दुर्गा प्रसाईँ ‘हाउस एरेस्ट’मा, समर्थकहरूलाई तीनकुने जान अपिल शुक्रबार, मंसिर ८, २०८० व्यवस्था उल्ट्याउने भन्दै बिहीबारदेखि काठमाडौंमा भएको विरोध प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईँले आफू घरमा नजरबन्दमा परेको दाबी गरेका छन् ।

दुर्गा प्रसाईँलाई घरबाट निस्कनै नदिने रणनीति, निवासमा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ शुक्रबार, मंसिर ८, २०८० प्रहरीले आज बिहान प्रसाईँका केही समर्थकलाई पक्राउसमेत गरेको छ । प्रसाईँले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति नदिएको काठमाडौं प्रशासनले प्रष्टयाएको छ ।

काठमाडौंका विभिन्न स्थानबाट दुर्गा प्रसाईँका समर्थक पक्राउ शुक्रबार, मंसिर ८, २०८० दुर्गा प्रसाईँको ‘राष्ट्र बचाउ महाअभियान’का समर्थक पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।पक्राउको कारण प्रहरीले खुलाएको छैन । प्रहरीले समर्थक पक्राउको यकिन तथ्याङ्क बताएको छैन । स्रोतका अनुसार ४ जना पक्राउ परेका छन् । आफ्ना समर्थकहरू पक्राउ परेपछि प्रसाईँले पत्रकार सम्मेलन गर्दैछन् ।

प्रशासनले भन्यो– दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन शुक्रबार, मंसिर ८, २०८० जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत बिहीबारदेखि घोषणा गरिएको आन्दोलनको थप कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रसाईँले बिहीबार साँझ पत्रकार सम्मेलन गरी शुक्रबारदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित आन्दोलन गर्ने उद्घोष गरेका थिए । उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति...
-1700728492.jpg)
दुर्गा प्रसाईं समूहको प्रदर्शन आजपनि, बिहान ११ बजेपछि तीनकुनेमा जम्मा हुने शुक्रबार, मंसिर ८, २०८० अभियानको पहिलो दिन बिहीबार बल्खुमा प्रदर्शन गरेको सो समूहले आजबाट तीनकुनेमा प्रदर्शन हुने बताएको हो । प्रसाईंका अनुसार ११ बजेबाट तीनकुनेमा प्रदर्शन हुनेछ । ‘निरन्तर प्रदर्शन जारी रहन्छ, अब हामी तीनकुनेमा ११ बजे जम्मा हुन्छौं,’ उनले भने ।

आज वर्षा र हिमपातको सम्भावना शुक्रबार, मंसिर ८, २०८० उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।

जुवाडे पछ्याउँदा कास्की प्रहरीले बरामद गर्यो गोली र हतियार शुक्रबार, मंसिर ८, २०८० जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा–२२ खाल्सेमबाट ६ जना जुवाडेलाई पक्राउ गरेको थियो । जुवाडे पछ्याउँदै गएको प्रहरीले उनीहरूको साथबाट २४ राउन्ड गोली, एक नाले बन्दुक र १ थान म्यागजिन बरामद गरेको हो ।









