News Griha :: न्यूजगृह
दुर्गा प्रसाईँ ‘हाउस एरेस्ट’मा, समर्थकहरूलाई तीनकुने जान अपिल

काठमाडौं— व्यवस्था उल्ट्याउने भन्दै बिहीबारदेखि काठमाडौंमा भएको विरोध प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईँले आफू घरमा नजरबन्दमा परेको दाबी गरेका छन् ।

भक्तपुरको ठिमीस्थित निवासबाट शुक्रबार बिहान साढे ११ बजे सम्बोधन गर्दै प्रसाईँले आफूलाई हिरासतमा लगेर थुन्न चेतावनी दिए ।   apf-nepal-1700814595.jpg

‘म हाउस एरेस्टमा छु । मलाई एरेस्ट गरेर केही हुँदैन, सक्नुहुन्छ भने मलाई तपाईँहरूको हिरासतमा लैजानुस्, हाउस एरेस्ट गरेर केही फरक पर्दैन,’ प्रसाईँले भने । 

सामान्यतया नजरबन्द गरिएको व्यक्तिले मिडियामा बोल्न या भाषण गर्न पाइँदैन ।

nepal-police-bhaktapur-durga-prasain-ghar-1700814596.jpg

प्रसाईँले आफूलाई घरबाट निस्किन नदिइएको भन्दै तीनकुने जान समर्थकहरूलाई अपिल गरेका छन् । आफू निस्किन नपाएपछि सबै कमान्डर बनेर खटिने उनको भनाइ छ । 

durga-prasain-ghar-1700814595.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:४९
Weather Update