पाकिस्तानको एक सपिङ मलमा आगलागी, ११ जनाको मृत्युआइतबार, मंसिर १०, २०८०

दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन आइतबार, मंसिर १०, २०८० दुर्गा प्रसाईँको तर्फबाट रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले फिर्ताका लागि निवेदन दिएका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेकाअनुसार वरिष्ठ अधिवक्ता भण्डारीले प्रसाईं अहिले बाहिर कार्यक्रममा गइसकेको र घरमा धरपकड नभएको भन्दै रिटको औचित्य सकिएकाले फिर्ताका लागि निवेदन दिएका थिए ।
लागूऔषधसहित बर्दियाबाट दुई जना पक्राउ आइतबार, मंसिर १०, २०८० गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिम अहमत मनिहार र ३५ वर्षीय अयोध्याप्रशाद धोबी पक्राउ परेका हुन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी तुल्सीराम अर्यालका अनुसार उनीहरूलाई शनिबार अपराह्न साढे ३ बजेतिर फक्राउ गरिएको हो । उनीहरूको साथबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

सूर्यविनायक-रत्नपार्क द्रुत बस पुनः सुचारू आइतबार, मंसिर १०, २०८० सञ्चालनमा आएको एक महिना नबित्दै बन्द भएको उक्त सेवामा केही फेरबदल गरेर आजबाट सञ्चालनमा ल्याइएको नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । गत असोज ३ गते संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालनमा ल्याइएपछि कार्यान्वयनमा समस्या आएपछि एक महिना नबित्दै सेवा बन्द भएको थियो ।

दुर्गा प्रसाईँको महाअभियान शिथिल भएको हो ? आइतबार, मंसिर १०, २०८० राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन शिथिल बन्न पुगेको छ ।बिहीबार काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका संयोजक दुर्गा प्रसाईँले आन्दोलन निरन्तर हुने भनेपनि जनताको साथ नदेखिएको हो ।

२६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन आइतबार, मंसिर १०, २०८० प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै २ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ ।

रोजगारीका लागि बेलायत जान ७१ जना नर्स छनोट आइतबार, मंसिर १०, २०८० वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ । विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिस्टबाट ७१ जना छनोट गरेको हो ।

लैङ्गिक हिंसामध्ये ८० प्रतिशत घरेलु आइतबार, मंसिर १०, २०८० प्रहरी प्रधान कार्यालयका अनुसार घरेलु हिंसाभित्र पनि शारीरिक हिंसा ५३ प्रतिशत छ भने मानसिक हिंसाका घटना ४७ प्रतिशत रहेको छ । शनिबारबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रहरीमा दर्ता भएका मुद्दालाई विश्लेषण गर्दा ८९ प्रतिशत चिनजानका मानिसबाटै महिला तथा बालिकालिका हिंसामा पर्ने गरेका...

देश बलियो बनाउन नेपाली बलियो हुनुपर्छ : दुर्गा प्रसाईँ शनिबार, मंसिर ९, २०८० काठमाडौं केन्द्रित प्रदर्शनको अगुवाइ गरेर अहिले चर्चामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कुनै खास प्रकारको राजनीतिक व्यवस्था भन्दा पनि मुलुक भ्रष्टाचारी, तस्करी र गरिबीले आक्रान्त भएको बताएका छन् ।

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३९ घाइते शनिबार, मंसिर ९, २०८० त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका– ७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते छन् ।

सरकारी छाप दस्तखत किर्तेमा संलग्न ५ जना पक्राउ शनिबार, मंसिर ९, २०८० पक्राउ पर्नेमा रतुवामाई नगरपालिका ४ का ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवट छन् ।

राप्रपाको बन्दले महेन्द्रनगरको जनजीवन प्रभावित शनिबार, मंसिर ९, २०८० राजसंस्था पुनःस्थापनाको माग गर्दै शुक्रबार भएको प्रदर्शनका क्रममा स्थानीय भीमदत्त उद्यान (पार्क) भित्र प्रवेश गरेर शहीद पन्तको सालिक तोडफोड गरेको आरोपमा प्रहरीले राप्रपाका जिल्ला सचिव शिशिर थापासहितका १८ जनालाई पक्राउ गरेको थियो । उनीहरूको निशर्त रिहाइको माग गर्दै राप्रपाले शनिबार महेन्द्रनगर बजार अनिश्चितकालीन बन्दको आह्वान गरेको हो । राप्रपाको बन्दका...

रसुवा अदालतमा ढुंगामुढा शनिबार, मंसिर ९, २०८० ७०/८० जना भेला भएर अदालतमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । गत कात्तिक ८ गते काले भन्ने छिरिङ तामाङ भोटेकोशीमा हामफालेर बेपत्ता भएको घटनामा गोसाइकुण्ड गाउँपालिका- १ का वडाध्यक्ष उर्केन छिरिङ तामाङ लगायतलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।









