News Griha :: न्यूजगृह
लागूऔषधसहित बर्दियाबाट दुई जना पक्राउ
फाइल तस्बिर ।

काठमाडौं— लागूऔषध ब्राउन सुगरसहित बर्दियाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।  

गुलरिया नगरपालिका वडा नम्बर ११ का ४२ वर्षीय कलिमअहमत मनिहार र ३५ वर्षीय अयोध्याप्रशाद धोबी पक्राउ परेका हुन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी तुल्सीराम अर्यालका अनुसार उनीहरूलाई शनिबार अपराह्न साढे ३ बजेतिर फक्राउ गरिएको हो । उनीहरूको साथबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

भे ३ प ८३७१ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई प्रहरीले बढैयाताल गाउँपालिका वडा नम्बर ८ पशुपति बजारबाट नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १४:२७
Weather Update