News Griha :: न्यूजगृह
पाकिस्तानको एक सपिङ मलमा आगलागी, ११ जनाको मृत्यु
dawn

काठमाडौं— पाकिस्तानको दक्षिणी सहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा परी ११ जनाको मृत्यु भएको छ  ।

२० जनाभन्दा बढी घाइते छन् । कराँची पूर्वी जिल्लाका डेपुटी कमिसनर अल्ताफ शेखले शनिबार भएको आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भएको बताए । उनका अनुसार तीन जनाको अवस्था गम्भीर छ ।

दक्षिणी सिन्ध प्रान्तका कार्यवाहक मुख्यमन्त्री मकबुल बाकारले यस घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिएका छन् ।  

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:२५
Weather Update