News Griha :: न्यूजगृह
रोजगारीका लागि बेलायत जान ७१ जना नर्स छनोट

काठमाडौं— वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ ।

विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिस्टबाट ७१ जना छनोट गरेको हो । 

आवेदनका लागि आवश्यक कागजपत्र पूरा गरेकाहरूको नाम छनोट गरिएको विभागले जनाएको छ । नर्सको योग्यता र अनुभवका आधारमा सूची तयार पारिएको हो ।

आवेदन दिँदा कम्तिमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको थियो ।

योसँगै कम्तिमा दुई वर्षको कार्यानुभव र अंग्रेजी भाषामा दख्खल भएको हुनुपर्ने भनिएको थियो । गत जुलाईमा दुई देशबीच नेपाली नर्स बेलायत लैजाने सहमति भएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०७:०८
Weather Update