गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप सोमबार, मंसिर ११, २०८०

रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, मंसिर ११, २०८० सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाइ भुक्तानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा अनियमितता भएको पाइएको हो । आयोगले रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सनिकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी, सबइन्जिनियर हर्षलाल चौधरीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले...

काठमाडौंमा ‘पेलिकन क्रसिङ’ जडान, पैदलयात्री आफैँले सवारी रोकेर बाटो काट्न सक्ने सोमबार, मंसिर ११, २०८० काठमाडौंको बबरमहलमा पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाली बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’प्रविधि सञ्चालनमा ल्याइएको छ । सोमबार जिल्ला अदालत काठमाडौं अगाडि पैदलयात्री आफैँले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । जसले पैदलयात्रुलाई बाटो काट्न सहज हुनुका साथै सडक दुर्घटना हुने जोखिम पनि कम हुने...

कोरोनाबाट पहिलो मृत्यु भएकी चालिसेका छोरालाई स्वास्थ्यमन्त्रीले पढाइदिने सोमबार, मंसिर ११, २०८० २०७७ साल जेठमा चालिसेको मृत्यु हुँदा चालिसेका छोरा सफल ९ दिनका मात्र थिए । मन्त्री बस्नेतले सोमबार सफललाई काठमाडौंको टोखा नगरपालिका ९ गोङ्गबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन् । उनले चालिसेका छोरा सफलको पठनपाठनको खर्चस्वरूप ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।

जङ्गली जनावरको आक्रमणमा परी मारिएका एक व्यक्तिको शव फेला सोमबार, मंसिर ११, २०८० मकवानपुरमा जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिको शव फेला परेको छ । आइतबार मनहरि गाउँपालिका– ६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

दाउ प्रहार गरी बुबाको हत्या गर्ने छोरा पक्राउ सोमबार, मंसिर ११, २०८० सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

‘सर्भिस लेन’को ढाँचा परिवर्तन गर्न बुटवल उपमहानगरको आग्रह सोमबार, मंसिर ११, २०८० बुटवल उपमहानगरपालिकामा आइतबार बसेको सरोकारवालासहितको बैठकले बुटवलको व्यस्त बजार र बस्ती क्षेत्र सडकको ‘सर्भिस लेन’लाई हरियाली, साना सवारी पार्किङ, साना व्यवसाय, व्यवस्थित खानेपानी र विद्युतीकरण गर्ने गरी निर्माण गर्न सडक विभागलाई आग्रह गर्ने निर्णय गरेको उपमहानगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य सोमबार, मंसिर ११, २०८० इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिए । उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडानलाई अनिवार्य गरिएको उल्लेख गरे ।

आज वर्षा तथा हल्कादेखि मध्यम हिमपातको सम्भावना सोमबार, मंसिर ११, २०८० देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।

महिलालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने गेस्ट हाउस सञ्चालक पक्राउ आइतबार, मंसिर १०, २०८० जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेस्ट हाउसका सञ्चालक वडा नं ६ बस्ने ५७ वर्षीय अरुणचन्द्र मिश्र र प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डल हुन् ।

क्यानडाको राजदूतमा सिफारिस पौड्यालको नाम सुनुवाइ समितिबाट अनुमोदन आइतबार, मंसिर १०, २०८० संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले पौड्यालसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

चितवनमा भेटिएको दुई शवको पहिचान हुन सकेन आइतबार, मंसिर १०, २०८० जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्ला लगायत सीमावर्ती भारतीय जिल्लामासमेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो । सनाखत हुन नसकेका शव कल्भटमुनि दुईवटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

धरौटी बुझाउन नसकेपछि दुई प्रहरी कारागार चलान आइतबार, मंसिर १०, २०८० मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू छन् । पक्राउ गरिएको व्यक्ति जिल्लामा ल्याउने क्रममा थुमनका एक नागरिक बीचबाटोमै गायब गराएको आरोप उनीहरू माथि...









