News Griha :: न्यूजगृह
चितवनमा भेटिएको दुई शवको पहिचान हुन सकेन

चितवन— भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन ।

बुधबार दिउँसो मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्ग सडक खण्डको कल्भटमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्ला लगायत सीमावर्ती भारतीय जिल्लामासमेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो । सनाखत हुन नसकेका शव कल्भटमुनि दुईवटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:५०
Weather Update