News Griha :: न्यूजगृह
क्यानडाको राजदूतमा सिफारिस पौड्यालको नाम सुनुवाइ समितिबाट अनुमोदन
संसदीय सुनुवाइ समितिको बैठक । फाइल तस्बिर ।

काठमाडौं— संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ ।

आइतबार बसेको समितिको बैठकले पौड्यालसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्न सक्नेछन् । कात्तिक २ गते मन्त्रिपरिषद् बैठकले पौड्याललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १७:२२
Weather Update