तनहुँमा बस दुर्घटना, २ जनाको मृत्युबुधबार, मंसिर १३, २०८०

रुस—युक्रेन युद्धमा मारिने नेपाली चार पुगे बुधबार, मंसिर १३, २०८० मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए ।

रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु बुधबार, मंसिर १३, २०८० रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ। रुसी सेनामा कार्यरत रहेको अवस्थामा तीन नेपालीको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जानकारी रुसी सेनाले दिएको जनाएको छ ।

यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात बुधबार, मंसिर १३, २०८० जसको प्रभावले हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

५५ इन्टरनेट सेवा प्रदायकले टिकटक बन्द गरेनन्, कम्पनीलाई कारबाहीको चेतावनी मंगलबार, मंसिर १२, २०८० सरकारको निर्णय अनुसार प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी नआएको उल्लेख गर्दै २४ घन्टाभित्र जवाफ दिन आग्रह गरेको छ । साथै, २४ घन्टाभित्र जवाफ नआए ५५ वटा इन्टरनेट कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

काठमाडौंमा भूकम्पको धक्का मंगलबार, मंसिर १२, २०८० राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर लगायतका जिल्लामा महसुस गरिएको थियो ।

३० हजार घूससहित नेपाल प्रहरीका सई पक्राउ मंगलबार, मंसिर १२, २०८० इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत सई पवन साउद पक्राउ परेका हुन् । लागूऔषध मुद्दा मिलाइदिने गरिदिने भन्दै सेवाग्राहीसँग घूस मागिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मंगलबार पक्राउ गरेको हो ।

सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्धार मंगलबार, मंसिर १२, २०८० गर्भवती महिलाको गर्भमै शिशु मृत भेटिएपछि आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । गर्भवती सार्कीलाई मङ्गलबार दिउँसो थप उपचारका लागि हेलिकप्टरमार्फत थापाथली प्रसूति गृह काठमाडौं पठाइएको अस्पताल मेडिकल अधिकृत श्रीवालले बताए ।

आचार्य श्रीनिवासलाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा चलाइयो मंगलबार, मंसिर १२, २०८० मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा सोमबार गौशाला क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका धर्मगुरु बताउने आचार्य श्रीनिवासलाई प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा चलाएको छ ।

नेवार समुदायप्रतिको टिप्पणीमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर मंगलबार, मंसिर १२, २०८० आइतबार काठमाडौं जिल्ला अदालतले सिंहलाई दोषी ठहर गरेको हो । काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार मङ्सिर १० गते आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले सिंहलाई दोषी ठहर गर्दै १० हजार जरिवाना गराउने फैसला सुनाएको छ ।

धनुषामा महिलाको शव भेटियो मंगलबार, मंसिर १२, २०८० घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरिएको धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले बताए । उनले दुई/तीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने बताए ।

गृह मन्त्रालयले सबै कारागारमा योग शिविर चलाउने मंगलबार, मंसिर १२, २०८० आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको हो ।

आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईँलाई प्रहरीले बाटैबाट फर्कायो, काठमाडौं पस्नै निषेध? मंगलबार, मंसिर १२, २०८० आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईँलाई गर्दा प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो । स्रोतका अनुसार प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलाको बाटो हुँदै गौशाला आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको हो ।...









