ओमनमा अलपत्र युवतीको उद्धार बिहीबार, मंसिर १४, २०८०

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा बिहीबार, मंसिर १४, २०८० लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिए। उनका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका...

भूकम्पको पीडा : पालमुनि बस्दै आएकी बालिकाको मृत्यु बिहीबार, मंसिर १४, २०८० कुशे गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षाको चिसोको कारण बुधबार राति मृत्यु भएको हो । निमोनियाका कारण बालिकाको मृत्यु भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविकाकुमारी सिंहले बताइन् । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो ।

बझाङ केन्द्रबिन्दु भएर गयो ४.१ रेक्टरको भूकम्प बुधबार, मंसिर १३, २०८० बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता बुधबार, मंसिर १३, २०८० दोर्दी गाउँपालिका वडा नं २ का रामबहादुर गुरुङ (माया)ले नवलपरासी कावासोती नगरपालिका वडा नं ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

सरकारी दस्तखत कीर्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ बुधबार, मंसिर १३, २०८० जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् । उनलाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।
घरायसी विवादमा श्रीमती र बुहारीको हत्या, दुई जना पक्राउ बुधबार, मंसिर १३, २०८० हत्या आरोपमा पक्राउ परेका सिरहा नगरपालिका— १५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव र कल्याणपुर नगरपालिका– ८ बड्की टोलका ५१ वर्षीय रामअशिष दासलाई सिरहा प्रहरीले आज सार्वजनिक गरेको हो । यादवविरुद्ध श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप छ भने दासविरुद्ध बुहारीलाई बन्चरो प्रहारी गरी हत्या गरेको आरोप छ ।

आमा र शिशुको मृत्युपछि लमजुङ अस्पतालमा आफन्तको प्रदर्शन बुधबार, मंसिर १३, २०८० सुत्केरीको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ लमजुङबाट चितवन मेडिकल कलेज लगिएको थियो । चितवन पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । शोभाको शव पनि ल्याएर अस्पतालमै राखिएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण शिशु र सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । पीडित परिवारले शव बुझेका छैनन्...

नक्कली नोटसहित काठमाडौंबाट एक जना पक्राउ बुधबार, मंसिर १३, २०८० काठमाडौं महानगरपालिका— ३१ शङ्खमूलबाट ६ थान नक्कली नोटसहित धादिङ गजुरी गाउँपालिका— ४ का २३ वर्षीय सन्तोष चेपाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट १ हजार दरको ५ थान र ५ सय दरको नोट १ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

अनलाइनबाट सामान किन्दा ठगिए कहाँ गर्ने उजुरी? बुधबार, मंसिर १३, २०८० प्रहरीले यस्ता ठगीका सम्बन्धमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सप्रमाण निवेदन दिन पनि अनुरोध गरेको छ । पछिल्लो समयमा अनलाइन कारोबार फस्टाएर ग्राहकलाई सजिलो बनाए पनि त्यसबाट विकृति भने बढ्दो छ । आकर्षक सामान देखाएर प्रलोभनमा पारी ग्राहकको मन तान्ने र सामान अर्डर गरेर...

सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल बुधबार, मंसिर १३, २०८० मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय समेत गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

गोसाइँकुण्डमा म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण बुधबार, मंसिर १३, २०८० मूल्यसूची नदेखाउने र बिलबिजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई बजार अनुगमन समितिले २० हजार रुपैयाँका दरले जरिवाना गराउँदै आगामी दिनमा मापदण्डका अधीनमा रही व्यवसाय सञ्चालन गराउन सचेतसमेत गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले गोसाइँकुण्ड जाने धार्मिक मार्ग र कुण्ड स्थलमा रहेका...

सुत्केरीको मृत्युपछि आम्दा अस्पतालमा तनाव, आफन्तले कुटे डाक्टर बुधबार, मंसिर १३, २०८० बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा सुत्केरीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट भएको छ । बिरामीका आफन्तको आक्रमणबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र बस्याल गम्भीर घाइते छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ...









