News Griha :: न्यूजगृह
आमा र शिशुको मृत्युपछि लमजुङ अस्पतालमा आफन्तको प्रदर्शन

काठमाडौं— उपचारको क्रममा जिल्ला अस्पताल लमजुङमा आमा र शिशुको मृत्यु भएपछि परिवारले प्रदर्शन गरेका छन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका— ९ पामचोककी २६ वर्षीया शोभा विकको उपचारको क्रममा मृत शिशु जन्मिएको थियो । उपचारकै क्रममा विकको पनि मृत्यु भएको हो । शोभालाई सुत्केरी बेथापछि गाउँबाट ल्याएर अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियाबाट मृतक शिशु निकालिएको थियो ।

सुत्केरीको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ लमजुङबाट चितवन मेडिकल कलेज लगिएको थियो । चितवन पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । शोभाको शव पनि ल्याएर अस्पतालमै राखिएको छ ।  मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण शिशु र सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । पीडित परिवारले शव बुझेका छैनन् । अहिले लमजुङ अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको सेवा प्रभावित छ । 

पीडित पक्ष र अस्पतालबीचको छलफल अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १४:२८
Weather Update