News Griha :: न्यूजगृह
नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता  
समलिङ्गी विवाह दर्ता गरेका दोर्दी गाउँपालिका– २ सल्लाबोटका रामबहादुर गुरुङ (माया गुरुङ) र नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेलाई बुधबार पुष्पगुच्छा दिँदै दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी । तस्बिर: जनक श्रेष्ठ/रासस

काठमाडौं— नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकामा उक्त विवाह दर्ता भएको हो ।

दोर्दी गाउँपालिका वडा नं २ का रामबहादुर गुरुङ (माया) ले नवलपरासी कावासोती नगरपालिका वडा नं ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

Prabhu Bank

यसअघि समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा राय माग गर्दै पिंकी गुरुङ भन्ने सञ्जीव गुरुङसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो ।

राष्ट्रिय पञ्जिकरण विभागले पनि स्थानीय तहहरूलाई उक्त आदेश अनुसार विवाह दर्ता गर्न परिपत्र गरेको छ ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १७:५५
राजनीति
विशेष
Weather Update