News Griha :: न्यूजगृह
रिसोर्टमा कौडा खेलिरहेका १६ जना पक्राउ
रिसोर्टमा कौडा खेलिरहेका १६ जना पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका सञ्चालक पोखरा महानगरपालिका– ३३ का ३८ वर्षीय सन्तोष गुरुङसमेत १६ जनालाई गएराति पक्राउ गरेको हो । उनीहरूको साथबाट ५ लाख ५ हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद भएको छ । 
धुलिखेलको एक घरमा आगलागी, ९ लाख बराबरको क्षति
धुलिखेलको एक घरमा आगलागी, ९ लाख बराबरको क्षति मंगलबार बिहान पौने ४ बजे धुलिखेल नगरपालिका– ११ बाँनियाछापस्थित बलराम धितालको तीन तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । ढुङ्गामाटोले बनेको घरमा कसरी आगलागी भएको खुलेको छैन । प्रहरीका अनुसार उक्त घरमा मानिस बस्दैनन् । आगलागी बिहान पौने ७ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।  
उर्लाबारी आगलागी घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
उर्लाबारी आगलागी घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । कात्तिक २६ गते लक्ष्मीपूजाको दिन उर्लाबारी नगरपालिका– ७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए...
रूख काट्नेलाई पोखरा महानगरले गर्‍यो कारबाही
रूख काट्नेलाई पोखरा महानगरले गर्‍यो कारबाही पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रूख अनुमतिबिना काट्नेलाई जरिवाना गरेको छ । महानगरले पोखरा–८ न्यूरोडमा सडक छेउमा हुर्किएको रूख काट्ने दुई पसलेलाई कारबाही गरेको हो । फुटपाथमा हुर्किएको रूख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । पसल...
हमास र इजरायलबीच युद्धविराम २ दिन थप
हमास र इजरायलबीच युद्धविराम २ दिन थप इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले युद्धविराम २ दिन लम्बिएको जनाएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले सोमबार साँझ गाजा पट्टीमा थप दुई दिनका लागि मानवीय युद्धविराम लम्ब्याउने सहमति भएको बताए । द्वन्द्वरत पक्षबीच चार दिने युद्धविरामको अन्तिम दिन घोषणा गरिएको हो...
रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी गत कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट  घरबासविहीन भएका...
१४ केजी गाँजासहित ३ जना पक्राउ
१४ केजी गाँजासहित ३ जना पक्राउ खप्तड छान्ना गाउँपालिका- ७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीसहित तीन जनालाई पक्राउ गरेको हो ।
कहाँ कहाँ छ वर्षा र हिमपातको सम्भावना?
कहाँ कहाँ छ वर्षा र हिमपातको सम्भावना? जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ ।
वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौंबाट स्पा सेन्टरका सञ्चालक पक्राउ
वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौंबाट स्पा सेन्टरका सञ्चालक पक्राउ रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्युटीपार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । 
ताप्लेजुङमा अनेरास्ववियुका नेतामाथि खुकुरी प्रहार
ताप्लेजुङमा अनेरास्ववियुका नेतामाथि खुकुरी प्रहार सोमबार बिहान सवा १० बजे फुङलिङ नगरपालिका ४ पाथीभरा होटल नजिकै विवेक बानियाँमाथि खुकुरी प्रहार भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी ऋषिराम कँडेलले जानकारी दिए ।
एनआरएनए निर्वाचनमा धाँधली भएको पुष्टि, प्रहरी प्रतिवेदन सरकारी कार्यालयमै गुपचुप
एनआरएनए निर्वाचनमा धाँधली भएको पुष्टि, प्रहरी प्रतिवेदन सरकारी कार्यालयमै गुपचुप गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचनमा धाँधली भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको छ ।
प्रहरीको क्यान्टिनमै मिनरल वाटरको बोतलमा कीरा भेटियो, उत्पादक कम्पनीलाई एक लाख जरिवाना
प्रहरीको क्यान्टिनमै मिनरल वाटरको बोतलमा कीरा भेटियो, उत्पादक कम्पनीलाई एक लाख जरिवाना कीरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी बेभरेज प्रालिलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ । क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनरल वाटरको बोतलमा कीरा भेटिएपछि प्रहरीले आइतबार कम्पनीविरुद्ध महानगरमा उजुरी दिएको थियो ।
Weather Update