News Griha :: न्यूजगृह
नक्कली नोटसहित काठमाडौंबाट एक जना पक्राउ

काठमाडौं— नक्कली नोटसहित प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका— ३१ शङ्खमूलबाट ६ थान नक्कली नोटसहित धादिङ गजुरी गाउँपालिका— ४ का २३ वर्षीय सन्तोष चेपाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट १ हजार दरको ५ थान र ५ सय दरको नोट १ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।  

चेपाङलाई प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:५३
Weather Update