News Griha :: न्यूजगृह
आज वर्षा तथा हल्कादेखि मध्यम हिमपातको सम्भावना

काठमाडौं— देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।

विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । 
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०६:१९
Weather Update