News Griha :: न्यूजगृह
दाउ प्रहार गरी बुबाको हत्या गर्ने छोरा पक्राउ

काठमाडौं— झापामा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको हो । रिजालका अनुसार आशिषले बुबा भोलाकुमारमाथि कराई र दाउ प्रहार गरी हत्या गरेका हुन् । मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ। 
घटनापछि आशिष भागेका थिए । उनलाई प्रहरीले सवा ७ बजे प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीले कमल—४ दुध डेरी भन्ने ठाउँबाट पक्राउ गरेको हो।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १०:१०
Weather Update