News Griha :: न्यूजगृह
गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप 
फाइल तस्बिर ।

काठमाडौं— काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ।  

प्रदर्शनकारीहरूले गौशालास्थित सडकमा प्रदर्शन र ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग छ ।  सोमबार दिउँसो गौशाला चोकमा प्रदर्शनको क्रममा प्रहरी र प्रसाईंपक्षबीच धकेलाधकेल भएको हो । प्रदर्शनमा प्रसाईं पनि पुगेका थिए ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको छ। केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रसाईंको आह्वानमा मंसिर ७ गतेदेखि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:१९
Weather Update